अर्थ

भारतमा १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नयाँ दिल्ली । भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनु परेको अधिकारीहरूले जनाएका छन् ।

पछिल्लो समय शनिवार प्रति लिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको विवरण सार्वजनिक गरिएको छ ।

पछिल्लो १२ दिनमा १० पटक मूल्य वृद्धि हुँदा पहिला भन्दा प्रति लिटरमा ७.२० प्रतिशत मूल्य बढी भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

संघीय राजधानी नयाँ दिल्लीमा अहिले प्रति लिटर पेट्रोलको मूल्य १०७.६१ भारतीय रुपैयाँ पुगेको छ । त्यसै गरी डिजेलको मूल्य प्रति लिटर ९३.८७ भारतीय रुपैयाँ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *