काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ बिहीबार १ सय रुपैयाँले बढेर ९८ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको भाउ तोलाको ९८ लाख ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । बुधबार प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबर १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।




