काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९ खर्ब ४३ अर्ब ९८ करोड ४२ लाख रुपैयाँ बढीको आयात भएको थियो ।
भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ७ महिनाको वैदेशिक व्यापारको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी वस्तु वीरगन्ज भन्सार नाकाबाट आयात भएको छ ।
कुन भन्सार नाकाबाट कति आयात ?
वीरगन्ज भन्सार नाकाबाट ४ खर्ब ६३ अर्ब ३४ करोड ७२ लाख रुपैयाँको आयात
भैरहवा भन्सार नाकाबाट २ खर्ब ६ अर्ब ७५ करोड ४५ लाख रुपैयाँको आयात
त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १ खर्ब ५७ अर्ब ७३ करोड २० लाख रुपैयाँको आयात
विराटनगर भन्सार नाकाबाट १ खर्ब ४८ अर्ब ५६ करोड ८६ लाख रुपैयाँको आयात
चालू आर्थिक वर्षको माघसम्म भन्सार विभागको तथ्याङ्कको अनुसारः
वीरगञ्जकै बन्दरगाहबाट १ खर्ब ४६ अर्ब ५५ करोड ४३ लाख रुपैयाँको आयात
रौतहटको गौर नाकाबाट १ अर्ब ४ करोड ५२ लाख रुपैयाँ आयात
जलेश्वर भन्सारबाट ६ अर्ब ४१ लाख रुपैयाँको आयात
जनकपुर नाकाबाट ८४ करोड ६७ लाख रुपैयाँको आयात
कैलाली भन्सारबाट १८ अर्ब ४५ करोड ९२ लाख रुपैयाँको आयात




