अर्थ

आकाशियो सुनको भाउ, तोलाकै एक लाख ५ हजार बढी

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख तीन हजार रुपैयाँ कायम भएको छापावाल सुनको भाउ बुधबार २ हजार ५ सयले बढेर एक लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको एक लाख ५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँको दरले बढेको छ । मंगलबार एक हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ४५० रुपैयाँमा निर्धारण भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *