काठमाडौं । साताको दोस्रो कारोवार दिन सोमवार बजार खुलेको डेढ घण्टाको अवधिमा अपर तामाकोशीको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
उक्त अवधिसम्ममा कारोबारमा आएका २०७ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो । उक्त अवधिमा कम्पनीको रू. ८ करोड २४ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६४२ मा कारोबार भइरहेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ९ दशमलव ३३ अंक घटेर २ हजार ६४४ दशमलव ३७ विन्दुमा रहेको छ भने कुल रू. १ अर्ब ३३ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।




