समाचार

तोलामा एक हजारले घट्यो सुनको मूल्य

काठमाडौंं । नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ कायम भएको छ।

बिहीबार छापावाला सुन तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ।

यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँको दरले घटेको छ।

बिहीबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *