अर्थ

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक हजारले घटेर तोलाको ९८ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन तोलाको ९७ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैंयाँले घटेर तोलाको १३३५ मा कारोबार भएको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *