काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आइपीओको नतिजा बाँडफाड गर्ने तयारी भएको छ ।
यो हप्ताभित्र बाँडफाड गर्ने तयारी भएको एनआइबीएल एस क्यापिटलले जनाएको छ। यस कम्पनीको आइपीओ फागुन १२ गते बिहीबार वितरण गर्ने तयारी रहेको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले बताएको हो ।
यस कम्पनीको आइपीओमा २६ लाख ३४ हजार ६ सय २६ जनाले ३ करोड ५ लाख ३१ हजार ३ सय ७० कित्ताका लागि आवेदन दिएकोमा २५ लाख भन्दा बढी लगानीकर्ताहरुको हात खाली रहने देखिएको छ । यसर्थ माग गरेको भन्दा ३८ दशमलव ४२ गुणा बढी आवेदन पर्न आएपछि यस्तो स्थिति देखिन गएको हो ।
यसका साथै धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा मार्फत योग्य आवेदक मध्ये ७९ हजार ४ सय ५० जनाले मात्रै न्यूनतम १० कित्ताको दरले शेयर पाउनेछन् ।




