अर्थ

महालक्ष्मी बैंकद्वारा कैलारी उद्योग बाणिज्यलाई फर्निचर वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रमलाई निरन्तरता दिँदै कैलारी उद्योग बाणिज्य संघलाई फर्निचर प्रदान गरेको छ । बैंकको हसुलीया शाखाले एक विशेष कार्यक्रमका बीच कैलारी उद्योग बाणिज्य संघको कार्यलयलाई फर्निचर सामाग्री हस्तान्तरण गरेको हो ।

सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने उदेश्यले सो शाखाले उद्योग बाणिज्य संघको कार्यालयलाई अफिस टेबल २ थान, अफिस स्टिल दराज १ थान, सोफा कुर्सी २ थान र प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरेको बैंक शाखा इन्चार्ज जगु्राम डगौराले जानकारी दिएका छन् । बैंकले कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीको प्रमूख आतिथ्यमा उद्योग बाणिज्य संघका अध्यक्ष नेपालु चौधरीलाई हस्तान्तर गरेको छ ।

गाउँपालिका अध्यक्ष चौधरीले सोहि कार्यक्रमलाई सम्बोधन गर्दै बैंकले उत्कृष्ट वित्तिय सेवाहरु प्रदान गर्दै आइरहेको र विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत स्थानियहरुको आर्थिक उत्थानमा सहयोग पु¥याइरहेकोमा धन्यबाद ज्ञापनसमेत दिए । यस्तै बैंकले आगामी दिनहरुमा पनी सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने जनाउँदै कुल १ सय ३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुमा सेवा प्रदान गर्दै आएको बैंकले प्रष्ट पारेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *