अर्थ

सुनको मूल्यमा गिरावट, ९६ हजार सात सय रुपैँयामा कारोबार

काठमाडौं । सुनको भाउमा बुधबार गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार तोलामा एक हजार ६ सय रुपैयाँ मूल्य घटेको छ।

बुधबार छापावाल सुन तोलाको ९५ हजार एक सय रुपैँयाँ कायम भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९६ हजार सात सय रुपैँयामा कारोबार भएको थियो।

यसैगरी, बुधबार तेजाबी सुन तोलाको ९४ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य पनि तोलमा ३५ रुपैँयाले घटेको छ। मंलबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार दुई सय ८५ रुपैयाँ निर्धारण भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *