काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन प्रक्रिया अधि बढाएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धक तथा शेयर निष्काशनमा सानिमा क्यापिटललाई छनोट गरेको हो ।
महालक्ष्मी लाइफको तर्फबाट प्रमुख कार्याकारी अधिकृत रमेश कुमार भट्टराई र शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्याकारी अधिकृत भिष्मराज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस्तै, इन्स्योरेन्स कम्पनीको जारी पुँजी २ अर्बको ३० प्रतिशतले हुन आउने ६० करोड रकम बराबरको साधारण शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले साधारण शेयर प्रति कित्ता १०० अंकित दरले ६० लाख कित्ता जारी गर्न लागेको छ ।




