काठमाडौ । नेपाल राष्ट्र बैंकले मार्गनिर्देशिका जारी गर्दै अब ५ लाख सम्मको कर्जा विद्युतियमाध्यमबाटै लिन सकिने जनाएको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले ‘विद्युतीय माध्यमबाट प्रबाह हुने कर्जा सम्बन्धी मार्गदर्शन, २०७८’ सार्वजनिक गर्दै विद्युतीय माध्यमबाट प्रबाह गरिने कर्जा जागिरेको हकाम ५ लाखसम्म र अन्य ग्राहकको हकमा २ लाखसम्म उपलव्ध गराउन सकिने व्यवस्था गरेको हो । यसैगरी, विद्युतीय माध्यमबाट स्वकृति गरिने कर्जाको अवधि बढीमा ३ बर्षको हुने र कर्जा प्रबाह गर्दा वा फिर्ता गर्दा एकैपटक वा किस्तामा भुक्तानी गर्न सकिने व्यवस्था पनि उक्त जारी मार्गदर्शनमा उल्लेख गरिएको छ ।
मोवाइल एपको माध्यमबाट पनि कर्जाको माग गर्न सक्ने सूचनामार्फत जनाइएको छ । कर्जा प्रबाहका लागि बैंक तथा वित्तिय संस्थाहरुले भुक्तानी सेवा प्रदायक संस्थालाई प्रतिनिधि तोक्न सक्ने व्यवस्था उक्त मार्गदर्शनमा दर्शाइएको छ ।
मार्गदर्शनमा व्यवस्था गरेअनुसार ग्राहकलाई विद्युतीय कर्जा उपयोग गर्दा लाग्ने शुल्कको बारेमा कर्जा प्रबाह गर्नुपुर्व नै स्पष्ट जानकारी दिनुपर्ने, ग्राहकसँग कर्जा सेवा शुल्क तथा तेस्रो पक्षलाई बुझाउनुपर्ने शुल्कबाहेक अन्य शुल्क लिन नपाईने र भुक्तानी सेवा प्रदायक संस्थालाई बुझाउनुपर्ने शुल्क ग्राहकबाट लिन नपाईने उल्लेख छ ।




