अर्थ

संस्थापक शेयर बिक्री गर्दै एनसीसी बैंक

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले संस्थापक शेयर बिक्री गर्ने भएको छ। बैंकले संस्थापक शेयरधनीहरुको आफ्ने नाममा रहेको ११ लाख ६१ हजार बढी कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

बिक्री गर्न लागिएको कुल कित्ता मध्ये संस्थापक शेयरधनी अनारदेवी श्रेष्ठको नाममा रहेको २ लाख कित्ता, दिपक रत्न शाक्य २ लाख ९१ हजार ६ सय ७९ कित्ता र एन।बी। ग्रुप (नेपाल) को ६ लाख ७० हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले जारी गर्न लागेको उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरुले आजैका मितिले ३५ दिनभित्र बैंकको बागबजार स्थित शेयर विभागमा लिखित निवेदनसहित सम्पर्क राख्न सकिने सूचनामा उल्लेख छ ।

यस्तै, कम्पनीले उक्त शेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन । उक्त सस्थापक सेयर बैंकको २४औं वार्षिक साधारण सभाबाट प्राप्त गरेको ८ प्रतिशत बोनस शेयर समेत रहेको सूचनामा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *