कर्पोरेट

सुनको मूल्यमा वृद्घि, प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्घि भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १०० ले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कायम भएको छ ।

त्यस्तै, नेपाली बजारमा आज चाँदीको मूल्य स्थिर रहेको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ४० रुपैयाँमा खरिदविक्री भएको थियो भने आज पनि सोहि रकममा कारोबार भएको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *