काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सलाई बीमा समितिले कारबाही छ । ऐन विपरित कम्पनीले सहायक महाप्रबन्धकको नियुक्ति गरेको भन्दै समितिले १० हजार रुपैयाँ जरिवाना गरेको छ ।
कम्पनलिे केही दिनअघि अमितकुमार कयाललाई सहायक महाप्रबन्धकमा नियुक्ति दिएको थियो ।
तर, समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा १० र २० मा तोकिएको व्यवस्था बमोजिम नभएर कम्पनीले अनुभव नपुगेका कयाललाई सहायक महाप्रबन्धकमा नियुक्ति दिएको भन्दै समितिले शुक्रबार इन्स्योरेन्सलाई १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।
नेपाल लाइफ इन्स्योरेन्सले बीमा समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रबन्धकमा नियुक्त गरेको भन्ने उजूरी समितिमा प्राप्त भएपश्चात् त्यस सम्बन्धमा उक्त कम्पनीबाट आवश्यक प्रतिवेदन र विवरण झिकाई अध्ययन गर्दा सो कम्पनीले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमितकुमार कयाललाई सहायक महाप्रबन्धक पदमा नियुक्त गरी समितिबाट जारी निर्देशिकाको जानाजान उल्लङ्घन गरेको देखिएपछि कम्पनी माथि कारबाही गरिएको बीमा समितिले जानकारी दिएको छ ।
बीमा समितिबाट जारी संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७५ को दफा १४ को उपदफा ९० मा भएको व्यवस्था बमोजिम एउटा समिति तथा उपसमितिमा संयोजक रहेको सञ्चालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउँदैन।
तर, नेपाल लाइफ इन्स्योरेन्सका विभिन्न १४ वटा समिति रउपसमितिहरुमध्ये सञ्चालक समितिका सदस्य कमलेशकुमार अग्रवाल ८ वटा र विमल ढकाल ३ वटा समिति रउपसमितिहरूमा संयोजक रही समितिबाट जारी निर्देशनको जानी जानी उल्लङ्घन गरेको बीमा समितिको दाबी छ।
सोही कारण कम्पनीलाई बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा ९१० बमोजिम १० हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरिएको समितिले बताएको छ ।




