अर्थ

नेप्सेको सिइओका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं।नेपाल स्टक एक्सचेन्जको (सिइईओ)का लागि दोस्रो चरणमा तीन जनाको नाम सिफारिस भएको छ ।

सिइओका लागि परेको ११ आवेदकमध्ये सिइओ नियुक्ति तथा सिफारिस समितिले पहिलो चरणमा पाँच जना छनोट गरेकामध्ये दोस्रो चरणमा तीन जनालाई छनोट गरेको हो ।नेप्सेले सिइओ नियुक्ति तथा सिफारिस समितिले दोस्रो चरणमा कृष्णबहादुर कार्की, रमेशकुुमार भण्डारी र केशवप्रसाद श्रेष्ठको नाम छनोट गरेको छ । पहिलो चरणमा भण्डारी, कार्की र श्रेष्ठसँगै प्रविन पन्दाक र रमेश घिमिरे छनोटमा परेका थिए ।

दोस्रो चरणमा पन्दाक र घिमिरेलाई आउट गर्दै समितिले भण्डारी, कार्की र श्रेष्ठलाई सिइओका लागि सिफारिस गरेको हो । समितिले सोमबार बिहानै तीन जनाको नाम अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको बताइएको छ ।

सोमध्येबाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई सिइओ छनोट गर्नेछ । नेप्सेमा सिइओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *