समाचार

‘भूमिहीनको व्यवस्थापन हुन्छ’

चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइ रहेको जानकारी दिएकी िछन् । आज यहाँ सञ्चारकर्मीसंग कुराकानी गर्नुहुँदै उनले अहिलेसम्म मन्त्रालयमा औपचारीक कार्यक्रम बाहेक केही नभएको जनाउँदै गरिबी निवारणका लागि योजना वनाएर काम गर्ने स्पष्ट पारेकी िछन् ।

उनले भनिन् “गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको रहेछ । अहिले योजना वनाउने काम भइरहेको छ ।” कर्मचारी गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाउने काममा व्यस्त रहेको उनको भनाइ थियो ।

फरक प्रसङ्गमा उनले सुकु्म्बासी समस्या समाधानका लागि संबिधान अनुरुप गरिने जानकारी दिएका छन् । उनले भने “जनताले संबिधान प्रदत्त अधिकार प्रयोग गर्न पाउनु पर्छ ।” लामो समयदेखि सुकुम्बासी समस्या रहेको जनाउँदै उनले भूमिहीन जनताको छिटो व्यवस्थापन हुन्छ । उनले भने “भूमिहीन जनताले संबिधानले दिएको अधिकार उपभोग गर्न पाउँछन् ।” अघिल्लो आयोगले गरेका राम्रा कामको स्वामित्व लिदैं जनताका पक्षमा कामगर्ने उनको भनाइ थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *