अर्थ

बढ्यो पेटोलियम पदार्थको मूल्य

काठमाडौँ– नेपाल आयल निगमले सोमबार रातीदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले डिजेल, पेट्रोल र मट्टितेलको मुल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो । जसअनुसार पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ पुगेको छ । एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४ सय ५० कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मुल्य बढेको भन्दै निगमले मुल्य बढाएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *