काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दिइएको छ ।
सरकारले कोइरालालाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो । कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल पूरा गरी आजबाट बिदाई भएका छन् ।
त्यसपछि रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा कोइरालाले निमित्तको जिम्मेवारी पाएका हुन् ।




