अर्थ

सात सयले घट्यो सुनको मूल्य   

काठमाडौँ । स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला रु ७०० ले कमी आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज बुधबारको तुलनामा रु ७०० ले कमी आई रु ९६ हजार ५०० मा कारोवार भएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ९७ हजार २०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुनमा समेत प्रतितोला रु ७०० ले कमी आएको छ । बुधबार प्रतितोला रु ९६ हजार ७०० मा कारोवार भएको तेजाबी सुन आज रु ९६ हजारमा कारोवार भएको छ । यस्तै चाँदी प्रतितोला रु २० रुपैयाँले घटेर रु एक हजार ३४५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २६५ कारोवार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *