अर्थ

स्वघोषित अध्यक्ष तिवारीको अकर्मण्यताले पेशागत अभिकर्ता संघ थलिदै

काठमाडौं । २०५९ सालमा स्थापना भएको पेशागत अभिकर्ता संघ सम्पूर्ण अभिकर्ताहरुको एक मात्र साझा संघको रुपमा स्थापित छ । तर हाल आएर यो संघ व्यक्तिगत फाइदा र सीमित व्यक्तिहरुको झुण्डमा अल्झिएको भान हुन्छ । संघमा २४ सदस्य समिति निर्वाचित हुन्छ भने ३ जना मनोनित गरी जम्मा २७ जनाको कार्यसमिति हुने बैधानिक व्यवस्था छ । यो समिति २३ मघ २०७२ सालमा कपिलदेव ओलीलाई अध्यक्षमा निर्वाचित गर्दा बने पनि केही समयपछि ओली बिमा समितिमा विमा विज्ञको रुपमा मनोनित भएपछि वरिष्ठ उपाध्यक्ष नन्दप्रसाद तिवारीलाई कार्यवाहकको जिम्मा दिए ।

तिवारीले ६ महिनाभित्र विशेष अधिवेशन बोलाउनु पर्नेमा स्वयं आफूलाई अध्यक्ष घोषणा गरे। त्यसको विरोधमा ६ जना सदस्य तथा पदाधिकारीले राजीनमा दिए । सो रिक्त ठाउँमा आफ्नो सर्पोटका मान्छे नेपाल लाइफ र एलआईसी नेपालका मान्छे भरी रिक्त संस्था पूरा गरे । अझै उनको कार्यशैलीलाई मन नपराएर प्राइम लाइफ, नेशनल लाइफ र एशियन लाइफका निर्वाचित प्रतिनिधि सदस्यले राजीनामा दिए ।
हाल आएर नेपालमा झन्डै बीमा समितिको आकडा अनुसार ५ लाखको संख्यामा रहेका अभिकर्ताहरुको संगठनमा १५ हजार पनि सदस्य रहेको पाइएको छैन । यसो हुनुमा संघलाई नेतृत्व गर्ने अध्यक्षको नै ठूलो सोच पाइँदैन । सदस्य विस्तार गर्नुपर्नेमा संकुचित विचार बोकेका अध्यक्ष तिवारीका कारण विशेष गरी यो संगठन एलआईसी नेपाल र नेपाल लाइफको मात्र हो भन्ने बुझिन्छ ।
पुतलीसडकमा अफिस रहेको यो संघमा अफिस खोल्ने मान्छे समेत छैन भने समितिका कोषाध्यक्षलाई कोषको जानकारी हुँदैन । समितिको सबै काम नेपाल लाइफ विमक समितिका अध्यक्ष राजेन्द्र तिवारी र नन्दप्रसादको मिलेमतोमा हुन्छ । राजेन्द्र विमाका साथै मसला व्यवसायी तथा सहकारी सञ्चालक हुन् भने तिवारी सेयर कारोबारी ।
पेशालाई अनुशासनमा राख्न अभिकर्ता अनुशासित हुनुपर्छ । आर्थिक अनुशासित हुन संगठनमा नेतृत्व गर्ने व्यक्ति अनुशासित हुनुपर्छ । संघ अध्यक्षले लुकी छिपी अभिकर्तासँग सम्बन्ध राखी हाल आफ्नो घर सीतापाइलामा जेठी श्रीमती र एक छोरा एक छोरीलाई छोडी अन्यत्र भाडामा कान्छी श्रीमती राखी दुई सन्तान भइसकेको थाहा भएपछि उनको वद्नामी छबीको आलोचना संघ भित्र र बाहिर हुने गरेको छ । यस विषयमा निज तिवारी भने कुरा गर्न चाहदैनन । के कुनै पनि संघ संगठनमा बस्ने नैतिकता चाहिँदैन ?
त्यसै कारणले होला यो अभिकर्ता संघ ठूलो हुँदै जानुपर्नेमा साँगुरिदै गएको पाइन्छ । अध्यक्षको व्यवहारमा परिवर्तन नआउने तर आफ्नो सीमित झुन्डामा रमाउँदै जाने हो भने यो अभिकर्ता संघ पनि खुम्चिदै जाने कुराको निश्चित छ ।
आर्थिक पारदर्शिता सामूहिकता र सक्षम नेतृत्वलाई ध्यान नदिएमा अभिकर्ता संघ नेपालको भविष्य कत्ता जाला ?े

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *