अर्थ

सिद्धार्थ बैंककाे सहयाेगमा मलंगवामा आँखा शाल्यक्रिया शिविर

काठमाडौं।सिद्धार्थ  बैंककाे सहयाेगमा आँखा शाल्यक्रिया शिविर सम्पन्न भएकाे छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको हाे ।

२०७६ पौष २२ देखि पौष २५ सम्म श्रीनगर (सर्लाही) र पौष २७ देखि पौष २९ सम्म सर्लाहीकाे मलंगवामा संचालन भएको उक्त शिविरमा कूल १,२४१ जनाको आँखा परिक्षण गरिएको थियो ।

परिक्षण गरिएका मध्य १ल सय ७८ जना मोतियाबिन्दु रोगीहरुको पहिचान गरि उहाँहरुको आँखा शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रियाका लागि बैंकले नेपाल आँखा अस्पताललाई ४ लाख ६७ हजार ५ सयको आर्थिक सहयोग प्रदान गरेको थियो ।

उक्त सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले एक विशेष कार्यक्रमका बीच नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेलाई हस्तान्तरण गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *