एजेन्सी । बजाज कम्वनीले अाफ्नाे प्रतिक्षित इलेक्ट्रिक स्कुटरकाे लन्च डेट फिक्स गरेकाे छ । निकै नै प्रतीक्षा गरिएको बजाज चेतक इलेक्ट्रिक स्कुटर आगामी जनवरी १४ मा लन्च हुने भएको हाे ।
बजाज चेतकमा हर्स शु आकारको हेडलाइट, एलईडी डीआरएल रिङ, डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, फेदर टच स्विचगियर, काउन्टर्ड सिट, फ्रन्ट र रियरमा १२ इन्च ह्विल, फ्लस फिटिङ पिलियन फुटपेग्स आदि फिचर रहेको छ । यसको साथै इलेक्ट्रिक स्कुटरमा टेलिस्कोपिक फ्रन्ट फोर्क्स र एक कास्ट आल्मुनियम स्विङ आर्म समावेश गरिएको छ ।
गत अक्टोबरमा सार्वजनिक गरिएको सो स्कुटरको नाम महाराणा प्रतापको घोडा चेतकबाट राखिएको हो । चेतकले इको मोडमा ९५ किलोमिटर र स्पोर्ट मोडमा ८५ किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ ।




