विचार

प्रणालीमा बाँधिनुलाई पिंजडा ठान्नु अशुभको संकेत : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रणालीमा बाँधिनुलाई पिंजडा ठान्नु अशुभको संकेत भएको बताएका छन् ।

आज (बिहीबार) संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन् । मानव समाजमा सामाजिक, धर्म, इमान जमानको बन्धन हुने ओलीको भनाइ छ । तर कांग्रेसले सरकारको समर्थन गर्ने तर सरकारमा हिस्सेदारको विरोध गर्ने गरेको उनले टिप्पणी गरेका छन् ।

संसद बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ओलीमाथि प्रधानमन्त्रीलाई पिंजडामा राखेको आरोप लगाएका थिए । आफू प्रधानमन्त्री भएको बेला संविधानले चिन्दैन भनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व गरेर ओलीले प्रधानमन्त्रीलाई पिंजाडामा राख्न खोजेको उनको दाबी थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *