विश्व

हमासद्धारा आठ जना इजराइली र थाइ नागरिक रिहा

काठमाडौं। हमासले बन्धक बनाइएका ३ इजराइली र ५ थाइ नागरिकसहित ८ जनालाई मुक्त गरेको छ । बन्धक बनाइएका उनीहरूलाई इजरायलको क्षेत्रभित्र ल्याएर मुक्त गरेको इजरायली सेनाले पुष्टि गरेको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।

अलजजिराले इजराइली नागरिकहरू २९ वर्षीया अर्वेल यहुद र ८० वर्षीय गादी मोसे मोजेस रहेको जनाएको छ । यस्तै ५ जना थाइ मजदुरहरूलाई पनि हमासले मुक्त गरेका छन् । थाइ नागरिकहरू भने दक्षिण इजरायलमा मजदुरी गरिरहेका बेला हमासको फन्दामा परेका थिए ।

अर्बेललाई हमासले गाँजा क्षेत्रबाट रेडक्रसको जिम्मा लगाइएको एशोसिएट प्रेसले जनाएको छ । एपीका अनुसार हमासले इजरायली नागरिकलाई रिहा गरेपछि इजरायलको जेलमा रहेका ११० जना प्यालेस्टाइनी नागरिकलाई छाड्‍ने तयारी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *