विश्व

वेलायती प्रधानमन्त्री सुनकले गरे आफ्नै अध्यक्षलाई बर्खास्त

काठमाडौं । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफ्नै पार्टीका अध्यक्ष नदिम जाहावीलाई बर्खास्त गरेका छन् ।

कर मामिलाको अनुसन्धानमा अध्यक्ष जाहावी दोषी देखिएपछि सुनकले उनलाई सरकारबाट बर्खास्त गरेका हुन् ।

जाहावीले शुरुमा आफ्नो कर मामिलाको बारेमा मिडिया रिपोर्टहरूलाई अस्वीकार गरे पनि पछिल्लो समय केही अनियमितता भएको स्वीकार गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *