विश्व

पेरुमा सरकारविरोधी प्रदर्शनमा ४२ जनाको मृत्य

एजेन्सी । पेरु सरकारले पछिल्लो समयमा राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शन चर्किएपछि राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा संकटकाल घोषणा गरेको छ । 

प्रदर्शनमा कम्तीमा ४२ जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते भएका छन् । 

३० दिनको लागि लागू गरिएको संकटकालमा सेनालाई आदेश कायम राख्न हस्तक्षेप गर्न अधिकार दिइएको छ । घोषणासँगै धेरै आन्दोलन र भेला जस्ता संवैधानिक अधिकारहरूमा प्रतिबन्ध लगाइएको छ । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *