विश्व

दक्षिण सुडान : जातीय समुदायबीचको झडपमा ५६ जनाको मृत्यु

एजन्सी । दक्षिण सुडानको पूर्वी जोङलेई राज्यमा चार दिनदेखि चलेको लडाइँमा नुयर समुदायका युवाहरूले अर्को जातीय समूहलाई आक्रमण गर्दा भड्किएको हिंसामा ५६ जनाको मृत्यु भएको स्थानीय अधिकारीले मंगलबार बताएका छन् ।

सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको दक्षिणी सुडानको भूभाग दशकौंदेखि झगडा र गाईवस्तु र जमिनको विषयलाई लिएर द्वन्द्वले ग्रस्त छ । गुमुरुक काउन्टी र लिकुआंगोल काउन्टीमा डिसेम्बर २४ मा मुर्ले समुदायमा सशस्त्र नुयर युवाहरूले आक्रमण गरेका ग्रेटर पिबोर प्रशासनिक क्षेत्रका सरकारी अधिकारी अब्राहम केलाङले बताए ।

‘सरकारले समुदायहरूलाई मद्दत गर्न प्रबन्ध गरिरहेको छ, तर लडाई अझै जारी छ’ केलंगको भनाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

झडपमा ५१ जना नुयर समुदायका र पाँच जना मुर्ले डिफेन्डरहरू मारिएका उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *