काठमाडौं । भारत विहारको सारण जिल्लामा विषाक्त मदिरा सेवनबाट पछिल्लो दुई दिनमा ४३ जनाको मृत्यु भएको छ ।
घरेलु उत्पादनको मदिरा सेवनबाट मृत्यु हुनेको संख्या अझ बढ्नसक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बिहारमा मदिरा सेवनलाई गैरकानूनी रहेका कारण विरामी समेत अस्पताल नगएको हुनसक्ने हिन्दुस्तानटाइम्सले समाचार लेखेको छ । समाचारमा जनाइएअनुसार मदिरा सेवनबाट मृत्यु भएको घटनापछि सरकारको आलोचना शुरु भएको छ ।




