विश्व

भेनेजुएलाका राष्ट्रपतिलाई ड्रोन हमला गर्नेलाई ३० वर्ष जेल सजाय

एजेन्सी । सन् २०१८ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई लक्षित गरी असफल ड्रोन आक्रमणमा संलग्न तीन जनालाई ३० वर्षको जेल सजाय सुनाइएको छ । मारिया डेलगाडो ताबोस्की, सेवानिवृत्त सेना प्रमुख जुआन कार्लोस मारुफो र सेवानिवृत्त कर्णेल जुआन फ्रान्सिस्को रोड्रिग्वेजलाई “आतंकवाद, देशद्रोह र आपराधिक षड्यन्त्र“ को आरोपमा दोषी ठहराइएको उनीहरुका परिबारले बताएका छन् ।

आपराधिक सुनुवाइ बिहीबार राति सुरु भएको र शुक्रबार बिहानसम्म चलेको परिवारका सदस्यले बताएका छन् ।

४८ वर्षीय डेलगाडो ताबोस्कीसँग भेनेजुएला र स्पेनको दोहोरो नागरिकता छ र उनी संयुक्त राज्य अमेरिकामा बस्ने ओस्मान डेलगाडो ताबोस्कीकी बहिनी हुन्।
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *