विश्व

साउदी जाँदै चीनका राष्ट्रपति सी जिनपिङ

काठमाडौं । बेइजिङ–तेलको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनको अनुरोधलाई अस्वीकार गरेको दुई महिनापछि साउदी अरेबियाले आफ्ना चिनियाँ समकक्ष सी जिनपिङको लागि रातो कार्पेट बिछ्याउँदैछ ।

सीले बुधबारदेखि केही दिनको लागि साउदी अरेबियाको भ्रमण गर्नेछन्, जसमा उनले साउदी युवराज मोहम्मद बिन सलमान र अन्य अरब नेताहरूसँग क्षेत्रीय शिखर सम्मेलनमा भाग लिनेछन । ऊर्जा र पूर्वाधार सम्झौता उनको भ्रमणको प्रमुख एजेन्डा हुनेछ । सीको भ्रमणका अवसरमा २० अर्ब डलर बराबरको सम्झौता हुने अनुमान गरिएको छ । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *