विश्व

पुनः खुल्यो पाकिस्तान–अफगान सीमा

काबुल–अफगान बन्दुकधारीले एक पाकिस्तानी सुरक्षा गार्डको हत्या गरेपछि बन्द पाकिस्तान र अफगान सीमा खुलेको छ । बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तको सीमावर्ती सहर चमनका अधिकारी शहजाद जेहरीले दुई देशबीचको सीमा खुला पुनः खोलिएको पुष्टि गरे । 

‘अवरोध अन्त्य भएको छ र दुई देशबीच पैदल यात्रु र व्यापारलगायत सबै प्रयोजनका लागि आवतजावत पुनः सुरु भएको छ’, उनले भने, आइतबार पाकिस्तान र अफगान अधिकारीबीचको बैठकपछि चमन सीमा नाका पुनः खोल्ने निर्णय भएको थियो । बैठकमा अफगान अधिकारीहरूले सो घटनाप्रति खेद प्रकट गर्दै कारबाहीको आश्वासन दिएका थिए ।
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *