विश्व

अमेरिका : गायक कार्टरको निधन

एजेन्सी । अमेरिकी गायक तथा ¥यापर आरोन कार्टरको ३४ वर्षको उमेरमा निधन भएको छ । उनी  ब्याकस्ट्रिट बोय निक कार्टरको कान्छो भाइ थिए ।

वेबसाइट टीएमजेडका अनुसार कार्टर शनिबार बिहान क्यालिफोर्नियाको ल्यान्कास्टरमा आफ्नै घरमा नुहाउँदा मृत फेला परेका थिए । उनको टोलीका प्रतिनिधिहरूले उनको मृत्युको पुष्टि गरे । 
“अहिले यो साँच्चै खराब समय हो, हामी के भयो र यसको कारण के थियो भनेर पत्ता लगाउन कोशिस गर्दैछौं,“ उनीहरूले भने, “हामी सबैजस्तै निराश छौं र आशा छ कि प्रशंसकहरूले उनको परिवारलाई विचार र प्रार्थना दिन सक्छन् ।“ उनको मृत्युबारे थप अनुसन्धान गरिरहेको छ ।
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *