एजेन्सी । ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियान फेलोसिफ (जीएनएससीएफ) को तेस्रो शिखर सम्मेलन भारतको सिक्किममा भोलीदेखि हुदैँछ ।
सो कार्यक्रम नोभेम्बर १–३ सम्म सिक्कमको गान्तोकमा हुने भएको छ । उक्त शिखर सम्मेलनमा विश्वभरका विभिन्न राष्ट्रहरुबाट नेपालीभाषी एक हजार वढि पास्टरअगुवाहरुको सहभागीता रहने जीएनएससीएफका अध्यक्ष पास्टर भद्र राईले जानकारी दिए ।
।
तेस्रो शिखर सम्मेलनमा पास्टर निकानोर तामाङ, पास्टर मनोज श्रेष्ठ, पास्टर रिता कावो, पास्टर लाजरस थुलुङ, पास्टर रन कार्गे मुख्य वक्ताकोरुपमा हुनुहुन्छ भने एनसीसीयूकेका अध्यक्ष पास्टर कुमार रसाईली, पास्टर कर्णसिंह तामाङ र पास्टर राजु वराईली सहायक वक्ताकारुपमा सहभागी हुने भएका छन् ।
विश्वभरका नेपाली भाषी मण्डलीलाई शिखर सम्मलेनले एक ठाउँमा भेला गरेर एकता र मेलमिलापको सन्देश विश्वभरमा प्रवाह गर्ने उदेश्य लिएको छ ।
भोलीबाट हुने उक्त जीएनएससीएफको पहिलो शिखर सम्मेलन भारतको शिलीगुडीमा आयोजना भएको थियो भने दोस्रो शिखर सम्मेलन काठमाडौंमा आयोजना भएको थियो । यस्तै अहिले तेस्रो शिखर सम्मेलन सिक्किममा आयोजना हुने भएको छ ।




