विश्व

चीनमा सैन्य ‘कू’ भएको अफवाह भाइरल, राष्ट्रपति सी नजरबन्दमा भएको हल्ला

काठमाडौं । चीनमा सैन्य कू भएको हल्ला सामाजिक सञ्जालमा फैलिएको छ ।

अधिकांश भारतीय मिडिया र केही पश्चिमा मिडियाले समेत सामाजिक सञ्जालमा भइरहेको हल्लाकै भरमा सैन्य कू भएको हुनसक्ने दाबी गरेका छन् । सामाजिक सञ्जालमा सैन्य कूपछि राष्ट्रपति सी जिनपिङलाई नजरबन्दमा राखेको दाबी गरिएको छ ।

भारतीय मिडियाले प्रकाशन गरेका समाचारहरुमा सीलाई सेप्टेम्बर १६ मा उज्बेकिस्तानमा भएको सांघाई कोअपरेसन अर्गनाइजेसनबाट फर्किने क्रममा विमानस्थलबाट नै नियन्त्रणमा लिइएको र नजरबन्दमा राखिएको जनाइएको छ ।

भारतीय मिडियाहरुले यस्तो दाबी गरेको भएपनि यसबारे चिनियाँ सञ्‍चारमाध्यम भने मौन छन् । यता उज्बेकिस्तानबाट एकसाता अघि चीन फर्किएका राष्ट्रपति सी त्यसपछिका एकसातासम्म सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

यता केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने चीनको राजधानी वेइजिङबाट हुने ६ हजार बढि आन्तरिक र बाह्य उडान स्थगित भएको र रेलसेवा समेत अनिश्चितकालका लागि स्थगित भएको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा फैलिएको अफवाहकै आधारमा भएको के हो भनेर भन्न सकिने अबस्था भने छैन । तर पत्रकार जेनिफर झेङले सार्वजनिक गरेका भिडियोमा भने चीनमा सैन्य कू भएको दाबी साँचो नदेखिएको भएपनि केही असामान्जस्यता भने भएको हुनसक्ने दाबी गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *