विश्व

भन्सार शुल्क बढाएपछि भारतीय बन्दरगाहमा १० लाख टन चामल प्रतिबन्द्ध

एजेन्सी । गत साता भारत सरकारले तत्काल लागू हुने गरी कनिका निर्यातमा प्रतिबन्ध लगाएको थियो । यसबाहेक केन्द्र सरकारले आन्तरिक आपूर्तिलाई बढावा दिन गैर–बासमती चामलमा २० प्रतिशत निर्यात शुल्क लगाएको छ ।

निर्यात शुल्कमा वृद्धिसँगै लगभग १० लाख टन अन्न भारतीय बन्दरगाहहरूमा फसेको छ र किनभने खरीददारहरूले सरकारको नयाँ २० प्रतिशत निर्यात शुल्क तिर्न अस्वीकार गरेका छन् ।

‘मध्यरातबाट भन्सार लागु भयो, तर खरिदकर्ता महसुल तिर्न तयार छैनन् । हामीले जहाज लोड गर्न बन्द गरेका छौं’, अखिल भारतीय चामल निर्यातकर्ता संघ (एआईआरईए)का अध्यक्ष बीवी कृष्ण रावको भनाइँ उदृत गर्दै रोयटर्ससले जनाएको छ । एआईआरइएका अनुसार निर्यात गर्न सकिने झण्डै ७ लाख ५० हजार टन चामल भारतीय बन्दरगाहमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *