विश्व

यात्रुबस र तेल बोक्ने ट्यांकर ठक्कर २० जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको पन्जाब प्रान्तमा एउटा यात्रुबस र तेल बोक्ने ट्यांकर जुध्दा भएकाे आगलागीमा जलेर कम्तीमा २० जनाको मृत्यु भएको छ । यो पन्जाब प्रान्तमा तीन दिनयता भएको दोस्रो ठूलो  सवारी दुर्घटना हो । 

दुर्घटना लाहोरबाट करिब ३५० किलोमिटर टाढा मुलतानको राजमार्गमा भएको थियो । तीब्र गतिका कारण उक्त दुर्घटना भएको जनाइएको छ । दुर्घटनापछि दुर्घटनाग्रस्त सडक खण्डमा लामो समय सवारी आवगमन ठप्प भएको थियो ।  

‘लाहोरबाट कराँची जाँदै गरेको बस र तेल ट्यांकर ठोक्किँदा २० जनाको मृत्यु भएको छ’, उद्धारकर्ताले भने । दुर्घटनाका घाइतेका अस्पतालमा उपचार भइरहेको छ ।
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *