विश्व

स्वदेश फर्किदै नवाज सरिफ

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सेप्टेम्बरमा स्वदेश फर्किने भएका छन् । पाकिस्तान मुस्लिम लिग–नवाज पीएमएल(एन) का एक अधिकारीले यस्तो जानकारी दिएका हुन् । 

जिओ न्युजका अनुसार पीएमएल–एन पन्जाब प्रवक्ता तथा संघीय मन्त्री जाभेद लातिफले स्वदेश फर्किउपछि उनलाई जेल चलान नगर्ने बताएका छन् । 

‘डाक्टरहरू ले समयसँगै आफ्नो विचार परिवर्तन गर्छन् । जनता उनका डाक्टरहरू हुन् । राष्ट्रले नवाज शरीफ फिर्ता आउनु पर्ने निर्णयको घोषणा गरेको छ’ लतिफलाई उद्धृत गरिएको थियो । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *