विश्व

भारतको उपराष्ट्रपतिमा जगदीप निर्वाचित

काठमाडौं । भारतीय उपराष्ट्रपतिमा पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखर निर्वाचित भएका छन् ।

विपक्षी उम्मेदवार मार्गरेट अल्भाविरुद्ध १८२ मतका विरूद्ध ५२८ मत प्राप्त गर्दै १६ औं उपराष्ट्रपति निर्वाचित भएका हु्न ।

बंगालको पूर्वगभर्नरसमेत बनिसकेका धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो ।

यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *