काठमाडौं । रुससँग ऐतिहासिक सम्झौता भएलगत्तै अन्न बोकेको पहिलो जहाज युक्रेनी बन्दरगाहबाट प्रस्थान गरेको छ । ओडेसाबाट ब्ल्याक सी हुँदै दक्षिणतर्फ जहाज बढेको हो।
टर्की र युक्रेनी अधिकारीहरूले बताएअनुसार स्थानीय समय अनुसार सोमवार बिहान उक्त जहाज युक्रेनको दक्षिणी बन्दरगाह छोडेको थियो ।
उक्त जहाजले २६,००० टन मकै ढुवानी गरिरहेको छ। लेबनन जाने उक्त पानीजहाजको मङ्गलवार इस्तानबुलमा संयुक्त जाँचपड्ताल हुनेछ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले विश्व खाद्य सुरक्षालाई राहत दिन अति आवश्यक अन्नको यस्तै निर्यात आउँदा दिनमा थप हुने आशा व्यक्त गरेको वीवीसीले समाचार लेखेको छ ।।




