शिक्षा / स्वास्थ्य

भारतमा मंकीपक्सबाट एकजनाको मृत्यु

काठमाडौं । भारतमा मंकीपक्सका कारण पहिलो व्यक्तिको मृत्यु भएको छ ।

दक्षिणी राज्य केरलामा संयुक्त अरब इमिरेट्सबाट फर्किएका २२ वर्षीय पुरुषको मंकीपक्सबाट शनिबार मृत्यु भएको हो । विदेशमै भाइरस पोजेटिभ देखिएका उनको मृत्युपछि परीक्षण गरिएका नमुनाहरूमा पनि भाइरस भेटिएको बताइएको छ ।

उनलाई ज्वरो आएको र शरीरमा फोकाहरू देखिएको थियो । अफ्रिकाबाहिर मंकीपक्सको कारण ज्यान गएको यो चौथो घटना हो । गत महिना विश्व स्वास्थ्य संगठनले मंकीपक्सकै संक्रमणलाई लिएर विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *