विश्व

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले लिइन् सपथ

काठमाडौं । भारतीय राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपदी मुर्मुले पद तथा गोपनीयताको सपथ लिएकी छिन् ।

उनलाई प्रधानन्यायाधीश एनभी रमानाले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । सपथ समारोहमा पूर्वराष्ट्रपति रामनाथ कोविन्द, निवर्तमान उपराष्ट्रपति एम वेंकैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस अध्यक्ष सोनिया गान्धी उपस्थित थिए ।

सपथ समारोहमा मुर्मुको गृहराज्य ओडिसाका मुख्यमन्त्री नवीन पटनायक, लोकसभा अध्यक्ष ओम बिर्ला र विभिन्न दलका सांसदहरूको उपस्थिति थियो ।

६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *