विश्व

१९ वर्षपछि भारतलाई ज्याभलिङ थ्रोमा पदक

काठमाडौं । भारतीय ज्याभलिङ थ्रो खेलाडी निरज चोपडाले विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा रजत पदक जितेका छन् । अमेरिकामा जारी प्रतियोगितामा इतिहास रज्दै हरियाणाका २४ वर्षीय निरजले सन् २००३ पछि भारतलाई च्याम्पियनसिपमा पहिलो मेडल जिताएका हुन् । 

फाइनलमा उनले ८८.१३ मिटर थ्रो गरे । विजेता बनेका एन्डरसन पिटर्सले ९९.५४ वेष्ट थ्रोका साथ स्वर्ण पदक हात पारे । 

यसअघि, भारतले च्याम्पियनसिपमा एक मात्र मेडल हात पारेको थियो । सन् २००३ मा एथलेटिक्सका अञ्जु बाँबी जर्जले कास्य पदक जितेकी थिइन् । १९ वर्षपछि भारतले च्याम्पियनसिपमा दोस्रो पदक प्राप्त गरेको छ । 

निरजले टोक्यो ओलम्पिकमा भारतलाई ज्याभलिङ थ्रोमा पहिलो स्वर्ण पदक जिताएका थिए । ओलम्पिक इतिहासमा भारतलाई पहिलो ऐतिहासिक स्वर्ण पदक जिताउन निरजले ८७.५७ मिटर थ्रो गरेका थिए । 

विश्व च्याम्पियनसिपमा रजत पदक जिताएसँगै अहिले हरियाणास्थित निरजको जन्मस्थानमा बाजागाजासहित हर्सोल्लास छाएको छ । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *