काठमाडौं । जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेको सम्मानमा ‘राष्ट्रिय अन्त्येष्टि’ कार्यक्रम हुने भएको छ ।
जापानी सरकारले सेप्टेम्बर २७ मा पूर्वप्रधानमन्त्री आवेको सम्मानमा राष्ट्रिय अन्त्येष्टि कार्यक्रम गर्ने निर्णय गरेको हो । जुन कार्यक्रममा विदेशी नेताहरु सहभागी हुने अपेक्षा गरिएको छ ।
टोकियोको निप्पोन बुडोकानमा आयोजना गरिने कार्यक्रममा विदेशी नेताहरु समेत सहभागी हुनसक्ने जनाइएको छ । गत जुलाई ८ मा पश्चिमी शहर नारामा आबेलाई गोली प्रहार भएको थियो ।




