विश्व

तातो हावाका कारण स्पेनमा १० दिनमा ५ सय जनाको मृत्यु

एजेन्सी । अत्यधिक गर्मीका कारण स्पेनमा १० दिनमा ५ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सो जानकारी दिएका हुन् । पछिल्ला दिनमा स्पेनमा अत्यधिक गर्मी  रेकर्ड गरिएको छ । 

‘ताप लहरका कारण १० दिनमा ५ सय भन्दा बढी मानिसको मृत्यु भएको छ’, उनले भने, ‘म नागरिकहरूलाई अत्यधिक सावधानी अपनाउन आग्रह गर्दछु ।’ 
पछिल्लो समयमा पश्चिमी युरोपको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको  छ । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *