काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे सिंगापुर पुगेका छन् ।
सिंगापुरको विदेश मन्त्रालयका प्रवक्ताले राजापक्षे निजी यात्राका लागि सिंगापुर पुगेको जानकारी दिएका हुन् ।
राजापाक्षेले राजनीतिक शरण भने मागेका छैनन् । सरकारविरुद्ध भइरहेको प्रदर्शन चर्किपछि राष्ट्रपति गोटाबाया राजपक्षे भागेर माल्दिभ्स पुगेका थिए ।
श्रीमती र दुई जना अंगरक्षकसहित माल्दिभ्स हुँदै सिंगापुर पुगेका राजापाक्षेले राजीनामा समेत दिएका छन् ।




