काठमाडौं । जापानी पूर्व प्रधानमन्त्री सिन्जो आबेको सम्मानमा भारतले शनिबार एक दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आबेको दुःखद निधनप्रति दुःख व्यक्त गर्दै एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको जानकारी दिए ।
निर्वाचन अभियानका लागि भाषण गर्दै गर्दा शुक्रबार गोली लागेका आबेको दिउसो ५ बजे निधन भएको थियो ।




