विश्व

पहिरोमा अझै २० बेपत्ता

नयाँ दिल्ली–भारतको उत्तरपूर्वी राज्य मणिपुरमा ठूलो पहिरोमा परी हराइरहेका २० जनाको खोजी भइरहेको छ । बुधबार रेलवे निर्माणस्थलमा खसेको पहिरोमा हालसम्म ४० जनाभन्दा बढीको मृत्यु भएको छ ।

मारिनेमा अधिकांश मजदुर र भारतीय सेनाको स्वयंसेवी दलका सदस्य छन्  । भारी वर्षाले उद्धार कार्य प्रभावित भएको अधिकारीहरूले जनाएका छन् । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *