काठमाडौं । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले पदबाट राजीनामा दिएका छन् ।
ठाकरेले विधानसभामा आफ्नो पक्षमा बहुमत देखाउनुपर्ने भारतीय सर्वोच्च अदालतले फैसला गरेपछि उनले राजीनामा घोषणा गरेका हुन् ।
ठाकरेले प्रजातन्त्रको सबैले अनुसरण गर्नुपर्ने भन्दै सर्वोच्चको आदेश मान्दै मुख्यमन्त्रीसँगै महाराष्ट्र विधान परिषद्को सदस्य पनि त्यागेको घोषणा गरेका छन् ।




