विश्व

उडिरहेको विमानमा आगो लाग्यो

एजेन्सी  । पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानको बायाँ इन्जिनमा आगो लागेपछि फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको छ । विमानको बायाँ इन्जिनबाट धुुवाँको मुस्लो निस्किएको विमानबारे सार्वजनिक एउटा भिडियोमा देख्न सकिन्छ । 

इन्जिनलाई बन्द गरेर सुरक्षित ढंगले अवतरण गरिएको अधिकारीहरूले जनाएका छन् । विमानमा चरा ठोकिएको उड्डयन नियामक डीजीसीएले जनाएको छ । विमानमा १८५ यात्रु थिए । कोही पनि यात्रु घाइते नभएका प्राप्त विवरणहरूमा जनाइएको छ । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *